ad ad

गण्डकी


पृथ्वी राजमार्गको कल्भर्ट बाढीले बगायो, यातायात ठप्प

पृथ्वी राजमार्गको कल्भर्ट बाढीले बगायो, यातायात ठप्प

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८१ शनिबार १५:४४, तनहुँ

पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी-७ सेराटारमा रहेको अस्थायी कल्भर्ट बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ। 

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ट बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन्। 

सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए। उनले भने, ‘कल्भर्ट बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ।’

म्याग्दे गाउँपालिका-६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ। वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिए। ‘सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ,’ उनले भने, ‘पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौं।’

पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ। शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .