ad ad

मधेस


उपेन्द्र यादवको आलोचना गर्दै पोस्टर टाँस्ने दुई युवक पक्राउ

उपेन्द्र यादवको आलोचना गर्दै पोस्टर टाँस्ने दुई युवक पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार १९:४२, काठमाडौँ

उपपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पोस्टर टास्दै आलोचना गर्ने दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ।

जनता समाजवादीका अध्यक्ष यादवको असली मालिक को हो? यस तस्बिरले प्रस्ट पार्छ भन्ने सन्देशसहित धनुषाल र मधेसका विभिन्न जिल्लामा पोस्टर टाँस्ने ती युवालाई प्रहरीले पक्राउ गरेको हो।

यादवको चरित्र हत्या गरेको अभियोगमा धनुषा प्रहरीले लादोबेलाबाट पक्राउ गरेका दुई युवाहरूमा पंकज झा र मनीष पूर्वे छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख तथ एसपी मित्रबन्धु शर्माले गत फागुन २६ गते राति उपेन्द्र यादवविरुद्धका ती पोस्टर टाँसिएपछि खोजी थालिएको बताए। 

खोजीका क्रममा दुवैजनालाई बुधबार राति पक्राउ गरी हिरासतमा लिइएको हो। हिन्दु धर्मअभियन्ता रहेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको शर्माले बताए। 

झा र पूर्वे राष्ट्रिय एकता अभियानको कार्यकर्ता हुन्। यादवविरुद्ध पोस्टर टाँस्ने काममा अरु युवाहरू पनि संलग्न रहेको भन्दै प्रहरी खोजीमा जुटेको छ।

उनीहरूले प्रधानमन्त्री प्रचण्ड र यादवविरुद्धमा विभिन्न स्थानमा पर्चा, पम्पलेट टाँस्दै चरित्र हत्या गरेको आरोप जसपाका कार्यकर्ताले लगाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .