मधेस


सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १४:३३, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ। 

यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले कर्फ्यु जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए। 

कार्यालयका अनुसार आज दिउँसो १२ः४५ देखि भोलि बिहान ८ बजेसम्म पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यु जारी गरिएको हो।

उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ।

स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर गत शुक्रबार एक जनाको मृत्यु भएको थियो। 

यसअघि पनि बरहथवामा कर्फ्यु तथा निषेधाज्ञा लगाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .