बाराको जितपुरसिमरा उपमहानगरपालिकाले पूर्व नगरप्रमुख डा. कृष्णप्रसाद पौडेलको निधनमा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ।
उपमहानगरपालिकाका प्रथम नगरप्रमुख पौडेल बिहीबार आफ्नै घरभित्र मृत भेटिएका थिए। उनको शव हाल पोस्टमार्टका लागि वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा लगिएको छ। पौडेल नेकपा एमालेका मधेश प्रदेशका सचिव पनि थिए।
उनको निधनमा जितपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले शुक्रबार बिहान विज्ञप्ति जारी गरी उपमहानगरभित्र शोक बिदा दिइएको जानकारी दिएका हुन्।
114
Shares
प्रतिक्रिया