ad ad

ग्लोबल


उत्तरी गाजाका ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा सर्न इजरायली सेनाको चेतावनी

उत्तरी गाजाका ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा सर्न इजरायली सेनाको चेतावनी

नेपालखबर
असोज २६, २०८० शुक्रबार १०:३४, काठमाडौँ

इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजातर्फ सर्न चेतावनी दिएको छ। 

इजरायली सेनाले गाजा र जेरुसेलमको समयअनुसार मध्यरातअघि संयुक्त राष्ट्र संघमार्फत उक्त चेतावनी दिएको हो।

संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै यति धेरै मानिसलाई दक्षिणी गाजातर्फ सर्न सजिलो नहुने जनाएको छ। यस क्रममा मानिस आक्रमणमा पर्नसक्ने जनाइएको छ।  

यसैबीच, इजरायलले जमिन आक्रमणको तयारी गरिरहेको छ। यस उद्देश्यका लागि उसले गाजा सीमामा आफ्ना सेना, तोपखाना र ट्याङ्कर जम्मा पारेको छ। 

गत शनिबार प्यालेस्टाइनी विद्रोही हमासले एक्कासि हमला गरेयता इजरायलले गाजामा लगातार हवाई आक्रमण गरिरहेको छ। गाजामा हमासको सत्ता छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .