भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सूचारु गरेका छन्।
आइतवारदेखि जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा नियमति सञ्चालन भएको हो।
मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेसनबाट जयनगरका लागि रेल गुडेको छ। यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको छ।
आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको मन्त्री ज्वालाले बताए।
महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ।
भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर विस्तार गरेको थियो भने १८ जेठमा नेपाल रेल्बे कम्पनीलाई हस्तान्तरण गरेको थियो।
असार ३१, २०८० आइतबार १४:३२

प्रतिक्रिया