मधेस


जिल्ला प्रशासनको सेवा तीन दिनदेखि अवरुद्ध हुँदा नागरिकलाई सास्ती

जिल्ला प्रशासनको सेवा तीन दिनदेखि अवरुद्ध हुँदा नागरिकलाई सास्ती

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १७:५१, सर्लाही

विगत तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन्।

गएको मंगलबारबाट अवरुद्ध भएको सेवा भोलि (शुक्रबार)बाट भने सूचारु हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रशासन कार्यालयले सूचना जारी गरेर विगत तीन दिनदेखि अवरुद्ध सेवा भोलि (शुक्रबार)बाट सञ्चालन हुने जानकारी गराएको हो।

भोलि उभौलि पर्वको सार्वजनिक बिदा परेपनि जिल्ला प्रशासन कार्यालयको सेवा भने सुचारु रहने सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

सरकारको निर्णय अनुसार विगत केही समययता पर्व विदामा पनि नागरिकका अत्यावश्यक कामसँग जोडिएको सरकारी कार्यालय सञ्चालन हुँदै आएका छन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएपछि गएको मंगलबारदेखि सेवा अवरुद्ध छ।

प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा नागरिकता, राहदानी लगायत अत्यावश्यक कामको लागि कार्यालयमा पुगेका सर्वसाधारण त्यसै फर्किन बाध्य भएका छन्।

गएको मंगलबार बिहान विद्युत् सर्ट भएर आगलागी भएपछि प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको हो। विद्युत सर्ट हुँदा कार्यालयको पूरै वाइरिङ जल्नुका साथै केही उपकरणमा समेत क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै क्षतिग्रस्त वाइरिङ मर्मतको काम पूरा भएकाले शुक्रबारबाट सेवा सुचारु गर्न लागिएको जनाएको छ।

आगलागीबाट केही कम्प्युटरसहितका उपकरणमा क्षति पुगेपनि कार्यालयको महत्वपूर्ण कागजात भने सुरक्षित रहेको सीडीओ यादवले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad