मधेस


धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका गम्भीर घाइते

नेपालखबर
बैशाख १९, २०८० मंगलबार ८:४६, सर्लाही

धनुषाको सबैलामा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ भने बालिका गम्भीर घाइते भएकी छन्। 

सोमबार दिउँसो सबैला नगरपालिका–१२ रघुनाथपुरमा प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले स्थानीय धिरेन्द्रकुमार दनुवारका ७ वर्षीय छोरा रियान्सलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोही टिपरको ठक्करबाट सोही ठाउँका वीरेन्द्र दनुवारकी ५ वर्षीया छोरी राधी गम्भीर घाइते भएकी छन्। उनको जनकपुमार उपचार भइरहेको छ। 

सोमबार दिउँसो विद्यालयमा छुट्टी भएपछि घर फर्किरहेका बालबालिकालाई सडकमा गुडिरहेको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय (धनुषा) का प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।

घटनापछि टिपर चालक फरार भएका छन्। दोषीलाई कारबाही माग गर्दै पीडित पक्ष र स्थानीयले सोमबार दिनभर घटनास्थलमा सडक बन्द गराएका थिए। त्यस क्रममा स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो। 

प्रहरीले भीड नियन्त्रण गर्न एक राउन्ड हवाई फायरसमेत गरेको छ। दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको डीएसपी गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad