धनुषा प्रहरीले साढे ७ लाखभन्दा बढी रुपैयाँ बराबरका नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ।
७ लाख ७१ हजार रुपैयाँ बराबरका नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनको साथबाट हजार दरका ४ सय ९२ र ५ सय दरका ५ सय ५९ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोली २५ वर्षीया अनुको ब्यागमा तलासी गर्दा नक्कली नोट बरामद भएको हो।
27
Shares
प्रतिक्रिया