ad ad

मधेस


ज्वाइँलाई लगाएर एसईई दिने नगरपालिका प्रमुखविरुद्ध पक्राउ पुर्जी

ज्वाइँलाई लगाएर एसईई दिने नगरपालिका प्रमुखविरुद्ध पक्राउ पुर्जी

जयन्त ठाकुर
चैत २४, २०७९ शुक्रबार १६:३९, जनकपुरधाम

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ।

गत आइतबार उनको साटो अर्कै व्यक्ति एसईई परिक्षार्थीले परीक्षा दिँदै गर्दा पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले नगर प्रमुख कानुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

‘अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकाले उनीमाथि पनि छानबिन गर्न जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको हो’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘अहिले नगरप्रमुखभन्दा पनि उनी परीक्षार्थीको रुपमा देखिएकाले सोही बमोजिमको अनुसन्धान गर्नेछौँ।’

कानुको साटो एसईई दिँदै गर्दा उनको ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा एसईईमा नियमिततर्फका परीक्षार्थी नगरप्रमुख कानुले आफ्नो ठाउँमा ज्वाइँ कमललाई परीक्षा दिन लगाएको प्रहरीको अनुसन्धानले देखाएको छ। 

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौं तहमा कार्यरत स्थायी कर्मचारी हुन्। साहले प्रहरी अनुसन्धानका क्रममा नगरप्रमुख कानुले आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीको भनाइ छ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई कमल परीक्षार्थी रहेकोमा शंका लागेर चेकजाँच गर्दा उनी पक्राउ परेका थिए। 

नगरप्रमुखले भरेको परीक्षा फाराम, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुवैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .