ad ad

मधेस


महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका एक थुनुवा फरार

महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका एक थुनुवा फरार

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १५:१९, जनकपुरधाम

महोत्तरी प्रहरीको नियन्त्रणमा रहेको एक जना थुनुवा फरार भएका छन्। कर्तव्य ज्यानका आरोपी कृष्णा यादव महोत्तरी प्रहरीको नियन्त्रणबाट भाग्न सफल भएका हुन्।

आरोपी यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटलमा लगिएको थियो।

उपचारका लागि लगिएका यादव अस्पतालको शौचालय कक्षको झ्याल तोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिएका छन्। 

थुनुवा फरार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .