ad ad

कारोबार


एनसेलको नयाँ सीईओ आउँदै, एन्डी आजियटा मुख्यालय जाने

एनसेलको नयाँ सीईओ आउँदै, एन्डी आजियटा मुख्यालय जाने

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १५:१९, काठमाडौँ

एनसेल आजियटा लिमिटेडमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) आउने भएका छन्। 

हालका सीईओ एन्डी चोङको स्थान जब्बर कायुमोभले लिने भएका हुन्। 

‘अहिलेका सीईओ (एन्डी) आजियटाको मुख्य कार्यालयमा जाँदै हुनुहुन्छ। उहाँको ठाउँमा जब्बर कायुमोभ आउँदै हुनुहुन्छ’, एनसेलका एक अधिकारीले नेपालखबरसँग भने। 

एन्डी सन् २०१९ नोभेम्बर १ मा एनसेलको सीईओ तथा एमडीमा नियुक्त भएका थिए। उनले सन् २००८ मा आजियटा ग्रुपमा आबद्ध भएका थिए। 

सन् २०१४ सम्म एसभीपी पदमा रहेका उनले ग्रुपको मार्केटिङ र अपरेसन हेड भएर काम गरे। सन् २०१६ मा एनसेलको अन्तरिम चिफ कमर्सियल अफिसरको रुपमा जोडिएका उनले सन् २०१७ मा आजियटा डिजिटलको कन्सल्ट्यान्टको रुपमा काम गरेका थिए। सन् २०१८ जनवरी मा उनी पुनः एनसेलको चिफ कमर्सियल अफिसरमा फर्किएका थिए। सन् २०१९ मा एनसेलको कार्यवाहक सीईओ भएका थिए। 

उनीसँग विभिन्न उद्योगहरु टेलिकम्युनिकेसन, आईटी÷प्रविधि र इलेक्ट्रोनिक्समा व्यवस्थापन र सञ्चालनको ३० वर्ष बढीको कार्यअनुभव छ। 

सीईओको रपमा उनले मलेसिया, सिंगापुर र इन्डोनेसियामा काम गरिसकेका छन्। 

नयाँ आउनलागेका जब्बरको पनि दूरसञ्चार क्षेत्रमा १५ वर्ष लामो वरिष्ठ व्यवस्थापकीय अनुभव रहेको छ। उनी टेलिया (टेलियासोनेरा), भिम्पेल्कम, भियनलगायत धेरै दूरसञ्चार संस्थाको सीईओ रहिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .