मधेस


जनकपुरमा नेपाल-भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न

जनकपुरमा नेपाल-भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न

नेपालखबर
फागुन १३, २०७९ शनिबार १७:३६, काठमाडौँ

नेपाल भारत सिमा सुरक्षा समन्वय समितिको बैठक जनकपुरधाममा सम्पन्न भएको छ।

सीमा सुरक्षा, सीमा अतिक्रमण नियन्त्रण, लागु औषध ओसार पोसार नियन्त्रण गर्ने लगायतका निर्णय गर्दै नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको हो। 

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल भारतको सीमा क्षेत्रमा रहेको सिमा स्तम्भलाई अनुगन गरेर मर्मत सम्भार गर्नुपर्ने आवश्यक देखिएको बैठकमा बताएका थिए।

यसका साथै बैठकमा लागु औषध दुर्व्यसन तथा लागुऔषध कारोबार नियन्त्रण गर्न सूचना आदान प्रदान गर्ने सहमति भएको उनले बताए। 

बिहारमा रक्सी प्रतिबन्ध रहेकाले नेपाल तर्फ रहेका रक्सी पसलहरुको अनगुमन गर्न तथा आपराधिक चरित्रका व्यक्तिको आवतजावतमा कडाई गर्न आफूहरुले नेपाली पक्षलाई आग्रह गरेको भारत मधुवनीका डिएम अरविन्दकुमार वर्माले बताए। 

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले नेतृत्व गरेका थिए भने भारत तर्फबाट मधुवनी जिल्लाका डिएम अरविन्दकुमार वर्माले गरेका थिए।

बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसनधान विभागका प्रमुखको उपस्थिति रहेको थियो।

त्यसैगरी भारतबाट मधुवनी जिल्लाका डिएमसहित सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad