ad ad

मधेस


घाटमा जलाउन लगिएको शव प्रहरी नियन्त्रणमा, श्रीमान पक्राउ

घाटमा जलाउन लगिएको शव प्रहरी नियन्त्रणमा, श्रीमान पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार २०:३६, जनकपुरधाम

जनकपुरधाममा घाटमा जलाउन लगिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

जनकपुरधामस्थित भूतनाथ मन्दिर परिसरमा रहेको श्मशान घाटबाट जलाउन लगिएको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४की ३५ वर्षीया सुनिता कार्कीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

श्रीमानले कुटपिट गरेर हत्या गरेको कार्कीको माइती पक्षको उजुरीकै आधारमा प्रहरीले अनुसन्धानका लागि मृतकको शव नियन्त्रणमा लिएको जनाइएको छ। मृतक महिलाको शरिरमा चोट र निलडाम देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले घाटमा जलाउन लगेको एक महिलाको शव प्रहरीले उजुरीको आधारमा नियन्त्रणमा लिएको जानकारी दिए।

सुनितालाई उनका श्रीमान शेखर बहादुर कार्कीले कुटपिट गरेर मारेको भन्ने उजुरीका आधारमा प्रहरीले घटनाको जाँचबुझका लागि मृतकको शव नियन्त्रणमा लिएको उनले बताए।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान जनकपुरधाम–४ का ४५ वर्षीय शेखर कार्की र २० वर्षीय सागर साहलाई पक्राउ गरेको छ। दुवैजना कवाडीमा काम गर्ने मजदुर हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .