ad ad

मधेस


संविधानलाई थप उत्कृष्ट बनाउन संशोधन गर्न सकिन्छ : उपराष्ट्रपति पुन

संविधानलाई थप उत्कृष्ट बनाउन संशोधन गर्न सकिन्छ : उपराष्ट्रपति पुन

नेपालखबर
फागुन १, २०७९ सोमबार १६:९, जनकपुरधाम

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान पूर्ण कार्यान्वयनका लागि अझै मेहनत गर्नुपर्ने आवश्यक रहेको बताएका छन्।

२८औँ जनयुद्ध दिवसको अवसरमा मधेशको गृह तथा सञ्चार मन्त्रालयले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपराष्ट्रपति पुनले संविधानलाई अग्रगामी भनिरहँदा यसलाई थप समृद्ध बनाउन र पूर्ण कार्यान्वयनका लागि अहिले धेरै नै मेहनत गर्नुपर्ने आवश्यक्ता रहेको बताए। 

‘संविधान एउटा सहमतिको दस्तावेज हो’ उपराष्ट्रपति पुनले भने, ‘संविधान गतिशील दस्तावेज रहेकाले यसलाई समय र सन्दर्भ अनुसार अझै उत्कृष्ट बनाउन सकिन्छ।’

यसका लागि संविधान संशोधन गरेर अगाडि बढ्न सकिने उनको भनाई थियो। 

बृहत शान्ति सम्झौता भएको १६ वर्ष पूरा भइसके पनि सम्झौताहरु पूर्ण कार्यान्वयन हुन नसकेकोमा उपराष्ट्रपतिले चिन्ता व्यक्त गरे।

उनले शान्ति सम्झौता पूर्ण कार्यान्वयनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत हुने कामहरुलाई सम्पन्न गर्न तर्फ ध्यानाकर्षण गराए। वर्तमान सरकारले शान्तिप्रक्रियाका बाँकी कामहरुलाई पूरा गर्ने उपराष्ट्रपति पुनले विश्वास व्यक्त गरे। 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नागरिकता समस्याको समाधान छिटो भन्दा छिटो समाधान गर्न संघ सरकारसँग माग गरे। उनले नागरिकता समस्याकै कारण कयौं नेपाली युवाहरुको भविष्य अन्यौलमा रहेकाले यसलाई गम्भिरता पूर्व लिन आग्रह गरे।

यसका साथै प्रदेश सरकारहरुलाई मजबुत बनाउनका लागि प्रहरी प्रशासन प्रदेश सरकार मातहत आउनु आवश्यक रहेको उनको भनाई थियो।

‘प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नहुँदा कार्य सम्पादनमा समस्या हुँदै आइरहेको छ’, मुख्यमन्त्री यादवले भने, ‘मधेश सरकारले सबैभन्दा पहिले प्रहरी समायोजन विधेयक सदनबाट पास गर्यो। तर संघ सरकारको वैमनस्यताका कारण अहिलेसम्म प्रहरी प्रशासन प्रदेश सरकार मातहत आउन सकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .