मधेश प्रदेशको सभामुखमा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल निर्वाचित भएका छन्।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका मण्डल सभामुखमा निर्वाचित भएका हुन्।
माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलको नेता भरत साहको प्रस्तावमा सभामुख पदमा मण्डलले उम्मेदवारी दिएका थिए।
मत विभाजन प्रकृया मार्फत भएको मतदानमा मण्डलको पक्षमा ७४ प्रदेशसभा सदस्यहरुले मत दिएका थिए। उनको विपक्षमा २९ प्रदेशसभा सदस्यहरुले मत दिएका थिए।
मधेश प्रदेशसभाको मंगलबारको प्रदेशसभाको बैठकमा १ सय ३ जना प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो।
नेपाली कांग्रेसबाट सभामुखमा जंगीलाल रायले समेत उम्मेदवारी दिएका थिए। यद्यपि मण्डलको पक्षमा बहुमत सदस्यहरुले मत दिएपछि नेपाली कांग्रेसबाट कुमारकान्त झाले गरेको प्रस्ताव निर्णयार्थ पेश गरिएन।
Shares

प्रतिक्रिया