कारोबार


एक हजार महिला व्यवसायीलाई कोका–कोलाको सक्षम तालिम

एक हजार महिला व्यवसायीलाई कोका–कोलाको सक्षम तालिम

नेपालखबर
माघ ३, २०७९ मंगलबार १७:११, काठमाडौँ

कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। 

खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी जना महिलाहरुलाई तालिम प्रदान गर्न सफल भएको थियो।

गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोटलिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको सुरुवात गरेको थियो।

खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिलाहरुलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो। प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरुमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो। 

उक्त कार्यक्रमका एक सहभागी सौरहाकी गीता श्रेष्ठले भनिन्, ‘महिला युवा व्यवसायीहरुको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो। मैले आज भन्दा ४४ वर्ष अगाडि जम्मा १६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको थिँए। मेरो कडा परिश्रमले मैले आफ्नो सपना पुरा गर्न सक्षम भएको छु। अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु।’

त्यस्तै नारायणघाटकी माया पाण्डेले सक्षम कार्यक्रमले आर्थिक रुपमा सशक्त हुन चाहिने सीपहरु सिकाउनुको साथ साथै हाम्रो सन्जाल विस्तार गर्ने अवसर पनि दिएको बताइन्। 

उनले भनिन्, ‘सक्षम जस्तो सिप विकास गर्ने कार्यक्रमले हामीलाई अझै राम्रोसँग व्यवसा सन्चालन गर्न हौसला दिएको छ।’

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोका–कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्ने बताउँदै महिला सशक्तीकरणलाई कम्पनीले मूल मान्यता दिएको बताए। 

‘हामीले सक्षम तालिम कार्यक्रम २०२२ मा शुरु गरेका थियौँ जसमा हामीले अनुभवी र दक्ष प्रशिक्षकहरुसँग मिलेर महिला व्यवसायीहरुलाई व्यावसायिक तालिम, मेन्टोरिङ्ग नेट्वर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिमहरु दिएका थियौँ जसले गर्दा वहाँँहरुलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकरात्मक परिवर्तन ल्याउन सक्षम बनाएको छ’, उनले भने, ‘हामीले एक हजार महिला व्यवसायीहरुलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पुरा पनि भएको छ। हामी धेरै खुसी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरुलाई सशक्तीकरण गर्दै जानेछौँ।”

त्यस्तै बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको बताए। 

उनले काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसलहरु र रेस्टुरेन्टहरु महिलाले चलाउने बताए। 

‘त्यस्ता महिलाहरुलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्देश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरुलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ। आफ्नो व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा पनि सक्षमले महिला व्यवसायीहरुलाई नयाँँ तरिकाले सोच्न सिकाउँछ’, उनले भने। 

कोका–कोलाले विविधता, समानता र समावेशितालाई आफ्नो मुल मान्यतामा राखेको छ र यिनीहरुले कम्पनीको वृद्धि र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन। यी कुराहरु कम्पनीले बेला–बेलामा सञ्चालन गर्ने महिला सशक्तीकरण सम्बन्धि तालिमहरुमा पनि प्रतिविम्बित हुन्छन्। 

सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टि (५ बाई २० ) सञ्चालन गरेको थियो जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन (पचास् लाख ) महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो। त्यस्तै नेपालमा पनि गत ६ वर्ष देखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ जसअन्तर्गत ५,८०० जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलाहरुलाई तालिम दिइसकेको छ।
नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना (२०७६/७७–२०८०/८१) अनुरुप महिलाहरुको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्देश्यलाई पनि यो पहलले सघाउ पु¥याउने कम्पनीले विश्वास लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad