मधेस


सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार ७:२७, सुनसरी

सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना हुँदा धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा बीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको हो। सिटी र चालक धरान–११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा छन्। 

त्यसैगरी बराहक्षेत्र–७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल) को निधन भएको छ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए। 

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए। बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .