मधेस


मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

इगभर्नेन्स मास्टर प्लान तयार पार्ने पहिलो निर्णय
मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १४:१३, जनकपुरधाम

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छ्न्। 

शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए लगत्तै जनकपुरधामस्थित सहिदद्वारमा सहिदहरुको शालिकमा माल्यार्पणका लागि पुगेका थिए। 

त्यसपछि मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले स्वागत गरे।

पदभार ग्रहण गरे लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशको इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरेका छन्। 

प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतीय सञ्जालसँग जोड्ने गरि इगभर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको हो। 

यसका साथै नवनियुक्त मुख्यमन्त्री यादवले प्रदेशभित्र रहेका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad