पर्सामा कोइला बालेर सुतेका दुई मजदुरको निसासिएर मृत्यु भएको छ।
वीरगन्ज महानगरपालिका–२२ जगरथानपुरस्थित त्रिपति ट्रेडिङ एन्ड सप्लायर्समा कार्यरत दुई मजदुरको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृत्यु हुने दुवै भारतीय नागरिक हुन्। भारत बिहारको मोतिहारी घर भएका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथिलेश यादवको निसासिएर मृत्यु भएको हो।
कोइला डिपोको एकतले पक्की भवनको कोठामा झ्याल-ढोका बन्द गरी सुतेका उनीहरु बुधबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
बिहान १० बजेसम्म उनीहरु नउठेपछि ढोका फोडेर हेर्दा मृत फेला परेका गिरीले बताए।
कोइला बालेर झ्याल ढोका बन्द गरी सुत्दा अक्सिजन कम भइ उनीहरुको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सकले बताएका छन्।
Shares
प्रतिक्रिया