ad ad

मधेस


रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु

रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु

फाइल तस्बिर : सर्लाहीकाे हरिवनस्थित पूर्वपश्चिम राजमार्ग


नेपालखबर
पुस २८, २०७९ बिहिबार ८:४७, सर्लाही

रौतहटमा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको छ।

कटहरिया र यमुनामाई नगरपालिकामा चिसोले कठ्यांग्रिएर दुई जनाको मृत्यु भएको हो। 

कटहरिया–१ भसेढवा ९० वर्षीय धेनुक साह कानुको बुधबार चिसोले कठ्यांग्रिएर मृत्यु भएको कटहरिया १ का वडाध्यक्ष भुपेन्द्र महतो कोइरीले जानकारी दिए।

त्यसैगरी चिसोले कठ्यांग्रिएर यमुनामाइ गाउँपालिका ५ झुनखुनवाका ७० वर्षीय लालमहम्द मियाँ कवारीको पनि मृत्यु भएको छ। उनी सुतेकै ठाउँमा मृत फेला परेको परिवारका सदस्यले बताएका छन्।

एक सातादेखि घाम नलाग्दा तराई-मधेशको जनजीवन कष्टकर बनेको छ। शीतलहर र चिसो हावा चल्दा मानिसहरु घर बाहिर निस्कन सकेका छैनन्। 

बिहीबार पनि तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु लागेको छ। चिसो बढेपछि सबैजसो विद्यालय बन्द गरिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .