ad ad

राजनीति


बागमतीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री, बधाई साटासाट

बागमतीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री, बधाई साटासाट

नेपालखबर
पुस २८, २०७९ बिहिबार ९:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच बिहीबार बिहान भेट भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री जम्मरकट्टेलबीच बधाई साटासाट भएको थियो। 

साथै, बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे पनि उनीहरुबीच छलफल भएको छ। जम्मरकट्टेलले बागमतीमा मन्त्रालयको संख्या घटाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्।

मंगलबार बिहान मुख्यमन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या कटौति गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन्।

कार्यदलले १५ दिनभित्र प्रदिवेदन पेश गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .