मधेस


घरेलु हिंसामा डा. पंकजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

घरेलु हिंसामा डा. पंकजलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नेपालखबर
पुस २२, २०७९ शुक्रबार १९:५९, जनकपुरधाम

दाइजोसम्बन्धी कसुरमा डा. पंकज चौधरीलाई जिल्ला अदालत महोत्तरीले थुनामा पठाउन आदेश दिएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का डा. चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

डा. चौधरीकी श्रमती नेहाद्वारा दायर गरिएको दाइजोसम्बन्धी कसुर मुद्दाको  थुनछेक बहसपछि न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले थुनामा पठाउन आदेश दिएको हो।

गतवर्ष मात्रै विवाह भएको केही महिनापछि नेहाले श्रीमान पंकजले दाइजोका लागि प्रताडित गर्दै आइरहेको आरोप लगाएकी थिइन्। दाइजोको नाममा आफूमाथि हिंसा भइरहेको भन्दै नेहाले अदालत गुहारेकी थिइन्। 

नेहाले पंकजविरुद्ध घरेलु हिंसा, अंश मुद्दा, जालसाजी लगायतका मुद्दा दर्ता गराएकी हुन्। 

यता, पंकजलेसमेत सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई सकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad