ad ad

मधेस


महोत्तरीमा चिसो छल्न विद्यार्थीलाई बिदा, चोक चोकमा दाउरा

महोत्तरीमा चिसो छल्न विद्यार्थीलाई बिदा, चोक चोकमा दाउरा

फाइल।


नेपालखबर
पुस १५, २०७९ शुक्रबार ७:४२, काठमाडौँ

चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ। 

तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ।

मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ। ‘घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ’, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने।

शुक्रबारसम्म बिदा दिइएको छ। नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन्।

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन्।

केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ। मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए।

मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ। 

यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा  ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .