मधेस


शपथ ग्रहण गरेको एक महिनापछि प्रदेशसभा सदस्यलाई ल्यापटप दिइने

शपथ ग्रहण गरेको एक महिनापछि प्रदेशसभा सदस्यलाई ल्यापटप दिइने

नेपालखबर
पुस ७, २०७९ बिहिबार १६:४, जनकपुरधाम

मधेश प्रदेशको प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणका लागि तयारी तयारी पुरा भएको छ।

प्रदेश प्रमुखबाट प्रदेशसभाको बैठक आह्वान लगत्तै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गराइने गरी तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेसँगै प्रदेशसभाको लोगो र एक थान संविधान दिने तयारी गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिएका छन्। यसका साथै ल्यापटपट समेत वितरण गरिनेछ। प्रदेशसभाको बैठकबाट प्रदेशसभा सञ्चालन नियमावलीको विषयमा संशोधन हुने सम्भावना समेत रहेकाले त्यो अहिले नै वितरण नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ।

शपथ ग्रहण गरेको एक महिनापछि प्रदेशसभा सदस्यहरुलाई ल्यापटप वितरणको तयारी गरिएको हो। ल्यापटप खरिदका लागि टेण्डर समेत आह्वान गरिएको छ। खरिद प्रक्रिया पुरा भएपछि ल्यापटप वितरण गरिने यादवले बताए।

ल्यापटप वितरणका लागि टेण्डर आह्वान गरिएको छ, सचिव यादवले भने,  ‘सम्पूर्ण प्रकृया पूरा गरेर ल्यापटप प्रदेशसभा सदस्यहरुलाई हस्तान्तरण गर्नेछौँ।’ 

प्रदेश सभाले यसअघि पनि प्रत्येक प्रदेशसभा सदस्यहरुलाई ल्यापटप खरिद गरेर वितरण गरेको थियो।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै प्रदेशसभा सदस्यहरुलाई १ लाख १७ हजार ९७५ रुपैयाँ भ्याटबाहेक प्रतिल्यापटप किनेर प्रदेशसभा सदस्यहरुलाई ल्यापटप वितरण गरिएको थियो। डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान, स्क्रिन टच’ ल्यापटप खरिद गरिएको थियो।

३ वर्षको ‘वारेन्टी’ शर्तनामा राखेर खरिद प्रक्रिया अनुसार नै ११८ वटा ल्यापटप र १ थान सर्भर किनिएको थियो। सबै जोड्दा प्रदेशसभाको १ करोड ५९ लाख रुपैयाँ खर्च भएको थियो। फेरि नयाँ प्रदेशसभा सदस्यका लागि खरिद गर्न लागिएको छ।

दिइएको ल्यापटप फिर्ता लिदा काम नलाग्ने अवस्थामा हुन सक्ने भएकाले फिर्ता नगर्ने गरि कानुन अनुसार वितरण गरिने सचिव यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad