ad ad

मधेस


सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

जयन्त ठाकुर
मंसिर २६, २०७९ सोमबार ९:४१, जनकपुरधाम

धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको विभत्स हत्या भएको छ। 

धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रिता देवी यादवको हत्या भएको हो। घरको बिजुली काटेर रितादेवी यादवको हत्या गरिएको हो।

प्रहरीका अनुसार गएराति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेका थिए।

गम्भीर घाइते रिताको उपचारको क्रममा जनकपुरधाम स्थित काव्य हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए। 

उनका अनुसार श्रीमान् विरेन्द्र शंकाको घेरमा छन्। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। श्रीमानलाइ पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .