मधेस


सप्तरीमा हात्तीले पाँचवटा घर भत्कायो

सप्तरीमा हात्तीले पाँचवटा घर भत्कायो

सप्तरीमा हात्तीले भत्काएको घर। तस्बिर : रासस


नेपालखबर
मंसिर २५, २०७९ आइतबार १८:३९, सप्तरी

सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारका पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए। 

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलका दुईवटा घर, सञ्जु मण्डलका दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए। 

एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्‍याउँदा लाखौँको क्षति भएको स्थानीयले बताएका छन्। 

हात्ती गाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन्। यस भेगमा सालैपिच्छे हात्तीले आतङ्क मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ। हात्तीको आतङ्कलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad