मधेस


झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार ६:४०, काठमाडौँ

दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा साेमबार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ।

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad