मधेस


आत्महत्या गर्न लागेका युवालाई प्रहरीले बचायो

आत्महत्या गर्न लागेका युवालाई प्रहरीले बचायो

नेपालखबर
असोज २७, २०७९ बिहिबार १०:१९, काठमाडौँ

रौतहटमा आत्माहत्या गर्न रुखमा झुण्डिएका व्यक्तिलाई प्रहरीले बचाएको छ। बुधबार फतुवा विजयपुर नगरपालिका ५ वसन्तपुरका शेख राजा हुसेन रुखमा झुण्डिएका थिए। 

निमको रुखमा नाईलनको डोरी लगाई झुण्डिएका २६ वर्षीय हुसेनलाई उद्धार गरेर प्रहरीले अस्पताल पुर्‍याएको छ। 

हुसेनले घरायसि विवादका कारण घर नजिकै रहेको रुखमा झुण्डिएका थिए। 

रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा प्रमुखहरु समेतको टोली जिल्लाको अनुगमनका क्रममा त्यहाँ पुगेको थिए। 

नजिकै खेलिरहेको बच्चाहरुले हुसेन झुण्डिएको जानकारी दिएपछि प्रहरीले उद्धार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad