आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा क्षेत्र नं. ३ बाट वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ।
महतो सोही निर्वाचन क्षेत्रबाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित सांसद हुन्।
उनलाई फेरि लोसपाले सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको हो।
लोसपा नेपालको सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले नेता महतोको नाम क्षेत्र नम्बर–३ बाट एकल सिफारिस गरेको हो।
२०७४ को निर्वाचनमा महतो यसै क्षेत्रबाट कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका थिए।
यस क्षेत्रबबाट आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फ नेकपा एमालेले जुलीकुमारी महतो र नेपाली कांग्रेसले परमेश्वर महासेठको नाम सिफारिस गरिसकेको छ।
कांग्रेस नेता निधि प्रत्यक्षतर्फ लड्न ब्याक भएपछि उनको नाम समानुपातिक तर्फ सिफारिस भएको हो।
यसपटक जुली महतो र राजेन्द्र महतोबीच चुनावी प्रतिष्पर्धा हुने सम्भावना बढेको छ।
Shares

प्रतिक्रिया