ad ad

मधेस


बर्दिबास अस्पतालमा आईसीयू सेवा सञ्चालनका लागि धुलिखेल अस्पतालले सहयोग गर्ने

बर्दिबास अस्पतालमा आईसीयू सेवा सञ्चालनका लागि धुलिखेल अस्पतालले सहयोग गर्ने

नेपालखबर
भदौ १, २०७९ बुधबार २१:११, बर्दिबास

महोत्तरीको बर्दिबास अस्पतालमा आईसीयूसहितको उपचार सेवा सुरु हुने भएको छ।

धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा बर्दिबास अस्पतालमा आईसीयूसहितको उपचार सेवा सञ्चालन हुने भएको हो। 

यस सम्बन्धी समझदारी पत्रमा धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा. विराज कर्माचार्य र बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले आज हस्ताक्षर गरेका छन्। 

१० बुँदे समझदारी पत्रमा आईसीयू सेवासहित बर्दिबास अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी र उनीहरुलाई आवश्यक तालिम र अन्य प्राविधि पक्षको व्यवस्थापन धुलिखेल अस्पतालले गर्ने उल्लेख छ। 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका महोत्तरी १ का सांसद गिरीराजमणि पोखरेलले बर्दिबास अस्पतालमा आईसीयूसहितको उपचार सेवा सञ्चालनको लागि पहल गरेका थिए। उनकै उपस्थितिमा बुधबार बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

बर्दिबास अस्पतालमा एक साताभित्रै आईसीयू सेवा सञ्चालनको लागि आफूले धुलिखेल अस्पताल प्रशासनलाई आग्रह गरेको माओवादी नेता पोखरेलले बताए।  

‘बर्दिबास अस्पतालको भौतिक संरचना निर्माण र स्तर वृद्धिपछि अस्पतालले प्रदान गर्ने सेवालाई थप सुविधायुक्त बनाउन यो समझदारीले महत्वपूर्ण भूमिका खेल्ने छ,’ पोखरेलले भने। 

१० बुँदे समझदारी पत्रमा बर्दिबास अस्पतालको पूर्वाधार विकास, मानव संशाधन तथा अन्य आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्थापन बर्दिबास बर्दिबास अस्पतालले गर्ने उल्लेख छ। यो समझदारी पाँच वर्षसम्म कायम रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .