ad ad

मधेस


प्रहरी समायोजन विवाद : संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेश सरकारको घोषणा

प्रहरी समायोजन विवाद : संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेश सरकारको घोषणा

शैलेन्द्र महतो
साउन १८, २०७९ बुधबार १२:९, जनकपुरधाम

मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ। 

प्रहरी समायोजन ऐन कार्यान्वयन गर्न मधेश सरकारले पटकपटक संघीय सरकारलाई आग्रह तथा दबाब दिने कार्यक्रम गरिरहे​को छ।

तर, पनि ऐन कार्यान्वयन नगर्दा प्रदेश सरकारहरूले प्रहरी भर्ना गर्न सकेका छैनन्। 

पटकपटकको मागलाई संघीय  सरकारले बेवास्ता गरेको भन्दै मधेश सरकारका गृह तथा सञ्चार मन्त्रालयले आन्दोलनको उद्घोष गरेको हो।

बुधबार गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी यही साउन २९ गते सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

त्यसअघि साउन २२ गते प्रदेश प्रमुखमार्फत सातदिने अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने उनले बताए। 

उनका अनुसार प्रहरी ऐन समायोजनका लागि सातदिने अल्टिमेटम मधेश प्रदेश मन्त्रिपरिषदका सम्पूर्ण सदस्य, सांसदसहित सामूहिक रुपमा प्रदेश प्रहरी समायोजनका लागि ज्ञापनपत्र प्रदेश प्रमुखमार्फत संघीय सरकारलाई पठाइनेछ।

उनले गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण तयारी पूरा भइसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने अवस्थामा समेत प्रधानमन्त्री शेरबहादुर देउवा चुनावअघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएका छन्।

मन्त्री साह आफूहरूको आन्दोलनमा अन्य ६ प्रदेशको समेत साथ रहेको कुरा जनकपुरधाममा भएको सबै प्रदेशका गृहमन्त्रीको सामूहिक घोषणापत्रले पनि स्पष्ट पारिहेको दाबी गरेका छन्।

‘स्थानीय सरकारको नगर प्रहरी हुने, संघीय सरकारले प्रहरीको कमान्ड गर्ने अनि हामी हातमा दही जमाएर बस्ने’, मन्त्री साहले प्रश्न गरे। 

मन्त्री साहले चुनावअघि प्रहरी समायोजन हुनुपर्ने बताए। नभए आफूहरूको आन्दोलनले चुनाव प्रभावित हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .