ad ad

मधेस


सर्लाहीमा १८ वर्षीय युवकको बीभत्स हत्या, सेफ्टी ट्यांकीमा भेटियो शव

सर्लाहीमा १८ वर्षीय युवकको बीभत्स हत्या, सेफ्टी ट्यांकीमा भेटियो शव

नेपालखबर
साउन १७, २०७९ मंगलबार ७:९, सर्लाही

सर्लाहीमा एक युवकको बीभत्स हत्या भएको छ। हरिपूर्वा नगरपालिका–३ धनकौल निवासी रामसोगारथ रायका १९ वर्षीय छोरा सुशीलकुमार रायको हत्या भएको हो। 

स्थानीय आधारभूत विद्यालयमा शौचालयको सेफ्टी ट्यांकीका लागि खनिएको खाडलमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय (सर्लाही) का डीएसपी विजय यादवले जानकारी दिए।

‘धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ,’ डीएसपी यादवले नेपालखबरसँग भने, ‘हत्या कसले र किन गर्यो खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

आफन्तका अनुसार रोजगारीको लागि भारत गएका सुशील केही दिनअघि मात्रै घर आएका थिए। उनी गएको शुक्रबारदेखि बेपत्ता थिए। 

पोस्टमार्टमका लागि प्रहरीले शव प्रादेशिक अस्पताल (मलंगवा) पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .