ad ad

मधेस


सर्लाहीमा टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि उठाइयो

सर्लाहीमा टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि उठाइयो

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन १४, २०७९ शनिबार ७:०, सर्लाही

सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट मृत्यु भएका युवकको शव १० घण्टापछि घटनास्थलबाट उठाइएको छ। 

बरहथवा नगरपालिका १० किसानपुरमा शुक्रबार बिहान पौने ९ बजे बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको टिपरले ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षीय मुकेश साहको मृत्यु भएको हाे। 

रौतहटको इशनाथ नगरपालिका ५ घर भएका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

साहको मृत्युपछि स्थानीय र उनका आफन्तले दोषीलाई कारबाही माग गर्दै शव घटनास्थलमै राखेर शुक्रबार दिनभर विराेध प्रदर्शन गरेका थिए।

शुक्रबार साँझ ७ बजे साहको शव घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको यादवले बताए।

टिपर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६ का २७ वर्षीय राजु लामालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .