मधेस


लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र : आचार्य

लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र : आचार्य

नेपालखबर
असार २१, २०७९ मंगलबार २१:३५, काठमाडौँ

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले तोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र भएको बताएका छन्। 

सर्लाहीको हरिवनमा मंगलबार सात दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन समारोहमा बोल्दै आचार्यले लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताएका हुन्।

‘कतिपय मान्छे मुलुकमा गणतन्त्र स्थापना भए पनि नागरिकका समस्या उस्तै रहेको तर्क गर्दै लोकतन्त्रको विकल्पमा निरंकुशतन्त्रको वकालत गर्छन्,’ आचार्यले भने, ‘लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र हो, अरु कुनै तन्त्र होइन।’ 

उनले निरन्तर रुपमा लोकतन्त्र र नागरिकका अधिकारको पक्षमा कमल चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे।

कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले नागरिकको पक्षमा काम गर्नको लागि जनप्रतिनिधिलाई निरन्तर खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे। 

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले सञ्चारकर्ममा रुची भएका युवाहरुलाई लक्षित गरेर आधारभूत पत्रकारिता तालिम आयोजना गरिएको जानकारी दिए।

तालिममा करिब ३० जना युवाहरुको सहभागिता छ। सहभागीहरुलाई महासंघका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासंघको केन्द्रीय कार्यालयका कार्यक्रम प्रबन्धक रामप्रसाद दाहालले प्रशिक्षण दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad