मधेस


वीरगन्ज महानगरको बजेट ३ अर्ब ३३ करोड, कुन क्षेत्रमा कति विनियोजन?

वीरगन्ज महानगरको बजेट ३ अर्ब ३३ करोड, कुन क्षेत्रमा कति विनियोजन?

नेपालखबर
असार १०, २०७९ शुक्रबार १६:४४, काठमाडौँ

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३ अर्ब ३३ करोडको बजेट विनियोजन गरेको छ। 

नगरसभाको ११औँ अधिवेशनमा उपप्रमुख इम्तियाज आलमले चालूतर्फ २ अर्ब ६ करोड र पुँजीगततर्फ १ अर्ब २६ करोड रहेको छ। 

आगामी आर्थिक वर्षको लागि महानगरले आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारबाट प्राप्त हुने १ अर्ब ७० करोड र मधेश सरकारबाट प्राप्त हुने ७ कारोड ९८ लाख मुख्य स्रोतको रुपमा रहेका छन्।

महानगरले शिक्षा, युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख, स्वास्थ्यतर्फ १ करोड २० लाख, कृषितर्फ ३ करोड २६ लाख, पूर्वाधारतर्फ १ अर्ब १९ करोड र सामाजिक विकासतर्फ ९९ करोड बजेट विनियोजन गरिएको थियो। 

सूचना प्रविधि र सञ्चारतर्फ १ करोड, सेवा प्रवाह संगठन सुदृढीकरणतर्फ ९३ करोड, सरसफाइ व्यवस्थापनमा ८ करोड, वन तथा वातावरण क्षेत्रमा ५ करोड र आर्थिक विकासका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

महानगरले चालू आर्थिक वर्षमा तीन अर्ब ५५ करोड रुपैयाँको बजेट ल्याएको थियो। महानगरले करको दर नबढाई दायरा बढाउने भएको छ। महानगरले व्यवसाय दर्ता नगरेका र घर  तथा भवन भाडामा लगाई घर बहाल कर नतिरेकाहरुले पुस मसान्तभित्र व्यवसाय दर्ता गराएर छुट दिने भएको छ। 

महानगरले फोहोर व्यवस्थापनको जिम्मा वडालाई दिने भएको छ। व्यावसायिक सहरको रुपमा रहेको वीरगन्ज महानगरलाई ट्रान्सपोर्ट नगरको रुपमा स्थापना गर्ने भएको छ। व्यवस्थित गोदाम, पार्किङ गरिएको छ। वीरगञ्जमा चक्रपथको निर्माण गरी महानगरको ३२ वटै वडालाई सडक सञ्जालसँग जोड्ने भएको छ।

यस्तो छ नीति र कार्यक्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .