ad ad

लुम्बिनी


लुम्बिनीका प्रदेश सांसदलाई शपथ ज्येष्ठ सदस्यले होइन, प्रदेश प्रमुखले खुवाउँदै

लुम्बिनीका प्रदेश सांसदलाई शपथ ज्येष्ठ सदस्यले होइन, प्रदेश प्रमुखले खुवाउँदै

नेपालखबर
पुस १७, २०७९ आइतबार ८:३६, बुटवल

लुम्बिनीका प्रदेश सांसदहरूले आज आइतबार पदको शपथ खाँदै छन्। 

हालै कार्यान्वयनमा आएको स्थायी राजधानी  दाङको देउखुरीमा निर्माण भएको नवनिर्मित प्रदेश सभा भवनमा दिउँसो १ बजे उनीहरूले शपथ खाने कार्यक्रम छ। 

लुम्बिनी प्रदेशको शपथ प्रक्रिया प्रतिनिधिसभा र अन्य प्रदेशसभाको भन्दा केही फरक छ। प्रतिनिधिसभा तथा अन्य प्रदेशसभामा सांसदहरूलाई ज्येष्ठ सदस्यले शपथ खुवाउने चलन छ। तर लुम्बिनीमा प्रदेश प्रमुखले नै शपथ खुवाउने व्यवस्था नियमावलीमा छ। जसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले ८७ जना प्रदेश सांसदलाई आज पद तथा गोपनीयताको शपथ खुवाउनेछन्। 

यसपछि भोलि सोमबार १८ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बस्दै छ। पहिलो बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने छन्।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ जना सांसद छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .