रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ।
चल/अचल दृश्यसहितको ‘माया रैछ र त भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउँछ। सिनेमामा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी छ। यी दुई कलाकार पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन्।
यस्तै गीतले पारिवारिक खुसीसँगै पीडा पनि झल्काएको छ। फिल्ममा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसँग जोडी बाँधेका छन्। यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनाल छन्।
कालीप्रसाद बाँस्कोटाका शब्द, संगीत र स्वर रहेको गीतमा सदीक्षा कट्टेलले पनि आवाज दिएकी छन्।
सिनेमामा विपिन, अरुणा, दयाहाङ, प्रियंका, गौमाया, सोमनाथका साथमा शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायत कलाकारको अभिनय छ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ। जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटारअनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ।
फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण छ।
सिनेमा यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो। त्यसैले ‘फूलबारी’ले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
Shares
प्रतिक्रिया