लुम्बिनी


रुपन्देहीमा १७ हजार ४४३ एसईई परीक्षार्थीमध्ये ५ हजार ७८५ ननग्रेड

रुपन्देहीमा १७ हजार ४४३ एसईई परीक्षार्थीमध्ये ५ हजार ७८५ ननग्रेड

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १४:४२, बुटवल

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा रुपन्देही जिल्लामा कमजोर देखिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका अनुसार ठूलो संख्यामा विद्यार्थी ननग्रेड भएका छन्।

जिल्लामा परीक्षामा सहभागी १७ हजार ४४३ विद्यार्थीमध्ये ५ हजार ७८५ जना (३३.२ प्रतिशत) ननग्रेड भएका छन् भने ११ हजार ६५८ जना (६६.८ प्रतिशत) विद्यार्थीले मात्र ग्रेड प्राप्त गरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका अनुसार नतिजा समग्र रूपमा अपेक्षाभन्दा कमजोर देखिएको हो। इकाइका प्रमुख विष्णु प्रसाद पन्थीले नतिजामा ठूलो संख्यामा विद्यार्थी ननग्रेड हुनु चिन्ताजनक विषय भएको बताए।

यस वर्ष ४ जीपीए ल्याउने विद्यार्थी संख्या अत्यन्त न्यून रहेको छ। जिल्लामा ८० जना (०.५ प्रतिशत) विद्यार्थीले मात्र ४ जीपीए प्राप्त गरेका छन्। अधिकांश विद्यार्थी २.८ देखि ३.२ जीपीए समूहमा केन्द्रित देखिएका छन्।

जिल्लाका ३४५ विद्यालयमध्ये ३५ विद्यालयका विद्यार्थीहरूले ४ जीपीए हासिल गरेका छन्। निजी विद्यालयहरूमा ४ जीपीए ल्याउने विद्यार्थी संख्या तुलनात्मक रूपमा बढी देखिएको छ।

बुटवलको अक्सफोर्ड बोर्डिङ स्कुलबाट ११ जना, दिप बोर्डिङबाट ७ जना र तिलोत्तमाको प्यारामाउण्ट बोर्डिङबाट ६ जनाले ४ जीपीए प्राप्त गरेका छन्।

सामुदायिक विद्यालयतर्फ कालिका मानव ज्ञान मावि र कान्ति माविबाट ४/४ जना, नविन औद्योगिक कदरबहादुर रिता माविबाट १ जना र शान्ति नमुना माविबाट १ जनाले ४ जीपीए ल्याएका छन्।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले सामुदायिक विद्यालयहरूको नतिजा अपेक्षाभन्दा कमजोर देखिनु गम्भीर विषय भएको बताएका छन्। यस पटक उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गरिएको भए पनि नतिजामा उल्लेखनीय सुधार नदेखिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad