लुम्बिनी


समानुपातिक सांसद: कांग्रेसबाट अन्तिममा गंगा शाहीको नाम काटियो

समानुपातिक सांसद: कांग्रेसबाट अन्तिममा गंगा शाहीको नाम काटियो

नेपालखबर
चैत २, २०८२ सोमबार २०:१५, बुटवल

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य गंगा शाहीको नाम अन्तिम समयमा काटिएको छ।

कांग्रेसले खसआर्य महिला कोटाबाट शाहीलाई समानुपातिक सांसदका लागि हिजो साँझ मात्रै सिफारिस गरेको थियो। तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूचीमा भने उनको नाम हटाइएको छ।

शाहीको स्थानमा जेनजी सहिदका बुबा मदनकृष्ण श्रेष्ठलाई समावेश गरिएको छ। अन्तिम समयमा सूची फेरबदल गरिएपछि रुपन्देहीका कांग्रेसी निराश बनेका छन्।

रुपन्देहीका पाँचवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा कांग्रेसले प्रत्यक्षतर्फ जित निकाल्न नसकिरहेको अवस्थामा समानुपातिकबाट सांसद पाउने आशा गरिएको थियो। तर नाम काटिएको घटनाले पार्टीभित्र अन्तर्घात लगायतका विषयहरू पनि चर्चामा आएका छन्।

लामो समयदेखि पार्टीमा क्रियाशील रहेकी शाही कांग्रेसकी पूर्व केन्द्रीय सदस्य हुन्। यस विषयमा कुरा गर्दा उनले फोन उठाइनन्। 

यस निर्वाचनमा रुपन्देहीबाट समानुपातिकतर्फ ७ जना र प्रत्यक्षतर्फ ५ जना गरी जम्मा १२ जना सांसद प्रतिनिधि सभामा पुग्नेछन्। प्रत्यक्ष ५ र समानुपातिक ६ जना रास्वपाबाट र एक जना राप्रपाबाट छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad