लुम्बिनी


रहस्यमयी आगलागीका कारण बन्द भेरी अस्पतालको ओपीडी सेवा सञ्चालन

रहस्यमयी आगलागीका कारण बन्द भेरी अस्पतालको ओपीडी सेवा सञ्चालन

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १७:३७, बाँके

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीका कारण दुई दिनसम्म बन्द भएको भेरी अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा आजदेखि सञ्चालनमा आएको छ। 

ओपिडी सेवा सञ्चालनसँगै बिरामीको भीड बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए। उनले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा निर्माण भएको आगलागी छानबिन समितिलाई विस्तार गरिएको जानकारी दिँदै छानविन समितिमा अस्पतालका कर्मचारीबाहेक जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालयलगायतबाट एक-एक प्रतिनिधिसमेत सदस्य रहेको बताए।

‘धेरै विषयबाहिर आएका छन, त्यसैले यसको निष्पक्ष छानबिन होस भनेर यस्तो समिति निर्माण गरिएको हो,’ डा सुवेदीले भने। अस्पतालमा गत शनिबार भएको आगलागीका कारण करिब चार करोड बरावरको क्षति भएको अनुमान गरिएको छ। आगालागीबाट अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने ‘भ्याक्सिन’लगायत सबै जलेर नष्ट भएका थिए।  

मेडिकल स्टोरभित्र राखिएको ‘फ्रिज’मा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएको बताइएको भए पनि त्यसको छानबिन प्रक्रिया सुरु भएको छ। रासस  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad