लुम्बिनी


यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त

यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त

नेपालखबर
जेठ २५, २०८३ सोमबार १९:१८, बुटवल

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। आज (सोमबार) मात्रै पाँच जना नवनियुक्त मन्त्रीहरूले शपथ गरेपछि बसेको पहिलो बैठकमा नीतिगत तथा प्रशासनिक निर्णय गरेको हो। 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौं तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ।

त्यसै गरी, सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेलाई दिने निर्णय पनि गरेको छ।

बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र परिणाममुखी बनाउने गरी आवश्यक ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिएको सरकारका प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad