ad ad

लुम्बिनी


लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी प्रदेशको बजेट पारित

नेपालखबर
असार १२, २०८१ बुधबार १६:४८, दाङ

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे।

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गरेका थिए। 

आगामी वर्ष आन्तरिक राजस्वमार्फत रु सात अर्ब ५१ करोड र संघबाट १२ अर्ब एक करोड र संघबाट सलामी दस्तुरबापत ५० करोड रुपैयाँ र स्थानीय तहबाट दुई अर्ब ९२ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ।रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .