ad ad

समाज


प्रतिक इन्टरप्राइजेजमा ६ करोडको अवैध कारोबार, स्रोत नखुलेको २० लाखसहित भारतीय पक्राउ

प्रतिक इन्टरप्राइजेजमा ६ करोडको अवैध कारोबार, स्रोत नखुलेको २० लाखसहित भारतीय पक्राउ

नेपालखबर
असार १२, २०८१ बुधबार १६:५६, काठमाडौँ

काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी घर भइ हाल काठमाडौं ब्रम्हटोल बस्ने वर्ष ३८ को निरन्जन कुमार रहेका छन्।

प्रतिक इन्टरप्राइजेजमा गैरकानुनी रुपमा अर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोलीले उक्त इन्टरप्राइजेजमा खानतलासी लिएको थियो।

त्यसक्रममा निजको अफिस कोठाबाट स्रोतत नखुलेको २० लाख ४० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनले प्रतिबन्धित क्रिप्टोकरेन्सी मार्फत  अन्दाजी ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबारदेखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका निरन्जन कुमारमाथि जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .