अर्घाखाँचीको पणेनामा आज बिहान साढे ६ बजे खसेको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ।
पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीन जनाको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए।
पाणिनि-१ पणेनाको गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर उनीहरुको मृत्यु भएको उनले बताए। मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए।
साथै सकुशल उद्धार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा पठाइएको वडा नं १ का अध्यक्ष कमल पोख्रेलले जानकारी दिए। घरमा ६ जना बस्ने गरेकामा दुईजना गोठको काम गरिरहेका अवस्थामा पहिरो खसेको थियो। रासस
30
Shares
प्रतिक्रिया