ad ad

लुम्बिनी


लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो

भुक्तानी रोक्का राख्ने चेतावनी
लुम्बिनीको अन्तर्राष्ट्रिय सभाहलमा पानी चुहियो

नेपालखबर
चैत १९, २०७९ आइतबार १९:४०, बुटवल

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा पानी चुहिएको छ। चैत १७ गते परेको पानीले सभाहलको छानो चुहिएको हो।

सभाहलमा पानी चुहिएको देखिएको भन्दै लुम्बिनी विकास कोषले तत्काल मर्मत गर्न निर्माण कम्पनी लुम्बिनी/अर्घाखाँची/बाबुल जेभिलाई निर्देशन दिएको छ। कोषले निर्माण कम्पनीलाई पत्र पठाउँदै तत्काल भरपर्दो मर्मत गर्न भनेको हो। 

‘आकासबाट चुहिएको पानी छानोबाट चुहिएको देखिएकाले यथासिघ्र भरपर्दो मर्मत गरि प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभुति गर्नुहुन निर्देशन दिइएको छ’ पत्रमा भनिएको छ।

साथै, मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम विल भुक्तानी रोक्का राखिने कोषका सदस्य सचिव सानुराजा शाक्यद्वारा जारी पत्रमा उल्लेख छ।

यसअघि चैत १७ गते कोषका अध्यक्ष तथा संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकले चुहिएको सभाहलको भवन सम्बन्धित निर्माण कम्पनीलाई मर्मत गराउने अन्यथा कारबाही गर्ने निर्णय गरेको थियो।

५ हजार जना क्षमताको सभाहलको केपी ओली प्रधानमन्त्री भएको बेला २०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन्।

त्यसअघि २०७३ सालको बुद्ध जयन्ती मनाउने क्रममा हावा हुरी सहितको वर्षाले मञ्च विथोलेपछि ओलीले ५ हजार जना अट्ने सभाहल बनाउने घोषणा गरेका थिए। निर्माण सुरु भएको ४ वर्षपछि गत जेठ २ गते बुद्ध जयन्तीको दिन तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहलको उद्घाटन गरेका थिए।

कोरियन प्रविधिबाट छाना निर्माण गरिएको छ भने भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग भएका छन्। छाता शैलीमा बनेको सभाहलको चारैतिरबाट चाइनिज इँटाको पर्खाल छ भने हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका छन्।

सम्मेलन केन्द्रको पहिलो र दोस्रो चरण गरी करिब ७५ करोड बढी खर्च भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .