ad ad

लुम्बिनी


सभामुख घर्तीसँग बुटवलका मेयर पाण्डेयको गुनासो– राजधानी सर्दा यहाँका संरचना अस्तव्यस्त भए

सभामुख घर्तीसँग बुटवलका मेयर पाण्डेयको गुनासो– राजधानी सर्दा यहाँका संरचना अस्तव्यस्त भए

नेपालखबर
फागुन २९, २०७९ सोमबार ८:५४, बुटवल

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले राजधानी दाङ सर्दा खाली भएका संरचना अस्तव्यस्त भएको गुनासो गरेका छन्। उनले अस्तव्यस्त संरचना व्यवस्थापनका लागि सहयोग गर्न आग्रह पनि गरेका छन्। 

आइतबार सभामुख तुलाराम घर्तीसँगको भेटमा मेयर पाण्डेयले राजधानीका संरचनाले उपयोग गरेका संघ/संस्था र कार्यालयका भवन व्यवस्थित गराइदिन आग्रह गरे। 

प्रदेशको राजधानी राख्ने ठाउँ नभएका बेला यहाँका संघ/संस्थाले आफू सडकमा आएर प्रयोग गरेका भवन प्रदेश सरकार र प्रदेशसभालाई सुम्पिएका थिए। ‘अहिले राजधानी सर्दा बुटवलका सबै संरचना अस्तव्यस्त बनाइएको रहेछ’, उनले सभामुखसँग भने, ‘त्यसरी सदासयता देखाएका संघ/संस्थाहरुका कार्यालय पुरानै अवस्थामा व्यवस्थित गराइदिने काम प्रदेशले गर्नुपर्छ, यसमा सभामुखज्यूले सहजीकरण गरिदिनुपर्‍यो।’

पाँच वर्षअघि प्रदेश राजधानीका लागि प्रदेशसभा तथा मन्त्रालयहरु राख्न विभिन्न कार्यालय तथा संघ/संस्थाका भवन उपयोग गरिएको थियो। बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेशसभा र सचिवालय थियो।

रुपन्देही व्यापार संघको भवनमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय तथा रुपन्देही उद्योग संघको भवनमा कोष तथा लेखा नियन्त्रणको कार्यालय राखिएका थिए। मुख्यमन्त्री कार्यालय श्रम कार्यालयले बनाएको भवनमा राखिएको थियो। मन्त्रालयहरु राख्ने क्रममा सडक डिभिजन विभिन्न सरकारी कार्यालयका भवनहरुलाई उपयोग गरिएको थियो। 

मेयर पाण्डेयले राजधानीका मुख्य संरचनाहरु दाङ गए पनि केही संरचना, केही मन्त्रालय र कार्यालय बुटवलमा राखेर प्रादेशिक अपनत्वको भावना देखाउन अनुरोध गरे।

प्रदेशको राजधानी सारेर लैजाँदा एकपटक बुटवललाई समेत धन्यवाद नदिएको गुनासो पनि उनले गरे।

भेटका क्रममा मेयर पाण्डेययले स्थानीय सरकारका संघ र प्रदेशका साझा र एकल अधिकारका कानुन निर्माणमा ढिलाइ भएकाले गम्भीरतापूर्वक आवश्यक कानुन बनाउनेतर्फ अगुवाइ गरिदिन सभामुखलाई अनुरोध गरे। 

निजामती कर्मचारीसम्बन्धी कानुन निर्माणमा भएको ढिलाइका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको भन्दै पाण्डेययले संघ र प्रदेशले छिटै कानुन बनाएर स्थानीय सरकारको मर्म बुझिदिन अनुरोध गरे।

सभामुख घर्तीले प्रदेशसभाले स्थानीय सरकारसँग कानुन निर्माण र कार्यान्वयनलगायतमा समन्वय र सहकार्य गर्ने तयारी गरिरहेको बताए। उनले स्थानीय सरकारले कानुन निर्माण गर्दा प्रदेशसभाले सहकार्य र समन्वय गर्न तयार रहेको र छिट्टै प्रदेशसकभाले यसलाई कार्यान्वयनमा लैजाने गरी काम गर्ने उल्लेख गरे।

बुटवलमा अस्तव्यस्त भएका संरचना व्यवस्थित गर्न आफूले पनि सहजीकरण गर्ने सभामुख घर्तीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .