कपिलवस्तुको इमिलियास्थित एक कृषि फर्ममा आगलागी हुँदा ३० वटा बाख्रा मरेका छन्।
बुद्धभूमि नगरपालिका–९ इमिलियामा मन्जु थापाले सञ्चालन गरेको टी एन्ड टी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा आगलागी भएको हो।
गएराति साढे ११ बजे भएको आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका १७ वटा बाख्रा, एउटा वोयर बोका, २ वटा लोकल बोका अरु पाठापाठी जलेर नष्ट भएको छ।
आगलागीबाट १२ लाख बराबरको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्रराज गिरिले बताए।
आगलागीले बाख्राको खोरमा पनि क्षति पुर्याएको छ।
माघ १०, २०७९, मंगलबार
24
Shares
प्रतिक्रिया