सेयरबजार आज ८ अंकले बढेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ८.१५ अंकले बढेको हो। योसँगै बजारमा ३ अर्बको सेयर किनबेच भएको छ।
आज २४८ कम्पनीको ८३ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै कुल बजार पुँजीकरण ३१ खर्ब र बजारमा तरलता ११ खर्ब पुगेको छ।
कसले कमाए, कसले गुमाए?
आज सेयरबजारमा १०९ कम्पनीका सेयरधनीले कमाएका छन् भने ८९ वटाका लगानीकर्ताले गुमाएका छन्।
यसअनुसार सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकित्ता ४० रुपैयाँ कमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। त्यस्तै सूर्योदय वोमी लघुवित्तको सेयर पनि ९.७७ प्रतिशतले बढेको छ। यसबाहेक शिवश्री हाइड्रो ९.०२, गुह्येश्वरी मर्चेन्ट ६.६१ र मल्टिपर्पस फाइनान्सको ६.४२ प्रतिशतले सेयर बढेको छ।
त्यस्तै आज मैलुङ खोला हाइड्रोका लगानीकर्ताले ५.४८ प्रतिशत गुमाएका छन्। गुमाउनेमा यो नै सर्वाधिक हो।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ। टेलिकमको १२ करोडको सेयर कारोबार भएको हो।
प्रतिक्रिया