लुम्बिनी


लुम्बिनीका सभामुख र उपसभामुखले लिए सपथ

लुम्बिनीका सभामुख र उपसभामुखले लिए सपथ

नेपालखबर
माघ ४, २०७९ बुधबार १५:१, बुटवल

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाण केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। 

मंगलबार प्रदेश सभा बैठकबाट निर्विरोध निर्वाचित भएका घर्ती र खाणले बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुधबार शपथ ग्रहण गरेका हुन्।

सभामुख घर्तीले  प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएका थिए। उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ग्रहण गराएका थिए। 

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad